१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार यसको मूल्य तोलामा ९५ हजार २०० रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ र चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबारको तुलनामा आज चाँदी १५ रुपैयाँले घटेको हो । यसको मूल्य अघिल्लो दिन १२ सय ३० रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया