प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी यही आउने कार्तिक १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने जनाएको छ ।
तालिममा सहभागी हुन न्युनतम एसएलसी उतीर्ण वा सो सरह परीक्षण उतीर्ण गरेको हुनुपर्ने छ । त्यस्तै नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति हुनुपर्ने भएको छ ।
तालिममा सहभागी हुन चाहानेले कार्तिक १४ गतेभित्र तोकेका काजगसहित कम्पनीका आवेदन दिन आग्रह गरेको छ । कम्पनीका अनुसार तालिम शुल्क २ हजार रुपैयाँ सहित आवेदन पेश गर्नुपर्ने हुन्छ ।
संस्थागत बीमा अभिकर्ताको हकमा सहभागी सञ्चालन पदमा रहेको प्रमाण खुल्ने आधिकारिक पत्र, तालिममा सहभागी हुनेसम्बन्धी सञ्चालक समितिको निर्णयको माइन्युटको निर्णय उतार, कम्पनीको प्रबन्धपत्र तथा नियमाली, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट /प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिएको अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा लेखापरीक्षण भएको वित्तिय विवरण पेश गर्नुपर्ने उल्लेख छ ।
उक्त तालिम प्रभु इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा हुनेछ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया