सनराइज क्यापिटलको साधारण सभा कार्तिक १८ गते हुने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले कार्तिक १८ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको असोज ११ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ वर्षको मुनाफाबाट २५ प्रतिशत करसमेतको नगद लाभांशलाई पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २९ (२) मा संशोधन गरी स्वतन्त्र व्यवसायिक सञ्चालकको कार्यकाल चार वर्ष कायम गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया