उम्मेदवारी खारेज भएपछि गुरुङले हाले सर्वोच्चमा रिट
काठमाडौं । सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि उनले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारी दर्ता गराएका गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति साढे ११ बजे सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधिन मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएकाले न्याय पाउ भन्दै उनले अदालतमा उजुरी दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया