उम्मेदवारी खारेज भएपछि गुरुङले हाले सर्वोच्चमा रिट
काठमाडौं । सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि उनले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारी दर्ता गराएका गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति साढे ११ बजे सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधिन मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएकाले न्याय पाउ भन्दै उनले अदालतमा उजुरी दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया