ओलीले खेलाडीहरूलाई भने, ‘साथीहरू तपाईँको खेल म हेर्नेछु’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद आफूले हेर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै खेल हेर्न पोखरा रंगशालामा जान नपाए पनि घरमै बसेर हेर्ने बताएका छन् ।
‘खेलाडी साथीहरू ! नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सफलताको तपाईंहरू सबैलाई भब्य शुभकामना,’ उनले लेखेका छन्, ‘पोखरा रंगशालामा आउन नपाए पनि तपाईंहरूको खेल म हेर्नेछु ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ ।
प्रतियोगिता अन्तर्गतका खेलहरू एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने शुक्रबारमात्र हुन लागेको हो ।
अपराह्न साढे ३ बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया