स्वतन्त्र उम्मेदवार गुरुङद्वारा चुनावी एजेण्डा सार्वजनिक
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।
गुरुङले हालै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्ना एजेण्डा सार्वजनिक गरेका हुन् ।
पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ आफू चुनावी मैदानमा उत्रिएको गुरुङले बताए । साथै, परनिर्भरतामा रहेको देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
सो अवसरमा गुरुङले मुलुक राजनीतिक रुपमा क्यान्सरले ग्रसित बनेको आरोपसमेत लगाए ।
‘आर्थिक क्रान्ति गर्ने र देशलाई आर्थिक रुप्मा आत्मनिर्भर बनाउने मेरो योजना छ । अरु देशले पर्यटन व्यापार गरेर देश सम्पन्न बनाएजस्तै नेपाललाई किन पर्यटनमा सबल नबनाउने ?’ उनले प्रश्न गरे ।
देशका पर्यटन उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने आफूलाई क्षमता रहेको गुरुङले दाबी गरे ।
चलचित्र निर्देशक निश्चल बस्नेत र कोलिनविक्रम राणाले गुरुङलाई जिताउन आग्रह गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया