रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’ ११ जनाको मृत्यु
एजेन्सी । बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।
युक्रेन नजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य सेनामाथि गोली हानेका रुसी रक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ ।
अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हाने र जवाफी गोली प्रहारमा मारिए जनाइएको छ । मन्त्रालयले यस घटनालाई आतङ्कवादी हमला भनेको छ ।
रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार समितिले पश्चिमी सैन्य जिल्लामा प्रशिक्षण सत्रको क्रममा शनिबार आक्रमण भएको हो । बन्दुकधारीहरू पूर्व सोभियत राज्यहरूका थिए । रुसी अधिकारीहरूले उक्त हमलालाई आतङ्कवादी कार्यको संज्ञा दिएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया