एनआरएनद्वारा ‘जाऊँ गुरु’ एप सञ्चालनमा

काठमाडौं । राइड सेयरिङ सुविधासहित एनआरएनले नयाँ एप बजारमा ल्याएको छ । एनआरएन लगार्नीकर्ताले आधुनिक फिचर्सहित जाऊँ गुरु एप सार्वजनिक गरेको हो । यस एपको फिचर्समा लोकेसन सेयर, प्रमाणीकरण,जीपीएस, ट्रयाकिङ, २४ घण्टासेवा र कल सेन्टर रहेका छन् ।
प्रयोगकर्ताले भुक्तानीका लागि खल्तीलगायतका एपमार्फत अनलाइन भुक्तानी गर्न सक्ने एनआरएनले जनाएको छ । उक्त एपमा बाइक, ट्याक्सी, पानी ट्यांकी, मिनी ट्रक, बाइक डेलिभर र जिप भाडामा लिनसक्ने व्यवस्था छ ।
त्यस्तै, चालकको लागि कम कमिसन, २४ घण्टा सेवा तथा चालक बिमालगायतको सुविधा रहेको छ । जाउँ गुरु प्रालिका अध्यक्ष इन्द्रहाङ लिङ्देनले यातायातसम्बन्धी सेवा लिन अहिले २,३ वटा एप डाउनलोड गर्नुपरेकोमा अब एकै एपबाट सबै सेवा लिन सकिने बताए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया