एनआरएनद्वारा ‘जाऊँ गुरु’ एप सञ्चालनमा
काठमाडौं । राइड सेयरिङ सुविधासहित एनआरएनले नयाँ एप बजारमा ल्याएको छ । एनआरएन लगार्नीकर्ताले आधुनिक फिचर्सहित जाऊँ गुरु एप सार्वजनिक गरेको हो । यस एपको फिचर्समा लोकेसन सेयर, प्रमाणीकरण,जीपीएस, ट्रयाकिङ, २४ घण्टासेवा र कल सेन्टर रहेका छन् ।
प्रयोगकर्ताले भुक्तानीका लागि खल्तीलगायतका एपमार्फत अनलाइन भुक्तानी गर्न सक्ने एनआरएनले जनाएको छ । उक्त एपमा बाइक, ट्याक्सी, पानी ट्यांकी, मिनी ट्रक, बाइक डेलिभर र जिप भाडामा लिनसक्ने व्यवस्था छ ।
त्यस्तै, चालकको लागि कम कमिसन, २४ घण्टा सेवा तथा चालक बिमालगायतको सुविधा रहेको छ । जाउँ गुरु प्रालिका अध्यक्ष इन्द्रहाङ लिङ्देनले यातायातसम्बन्धी सेवा लिन अहिले २,३ वटा एप डाउनलोड गर्नुपरेकोमा अब एकै एपबाट सबै सेवा लिन सकिने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया