बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, डिजेलको मात्रै १५.६० रूपैयाँ
काठमाडाैं । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै आईओसीले डिजेल र हवाई इन्धनको अत्याधिक मूल्य बढेर आएको जनाएको छ । पहिलोपटक १ अक्टोबरमा आईओसीबाट प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्य सूची बमोजिम पेट्रोल, डिजेललगायत अन्य पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले २० महिनाको लामो अन्तरालपछि नाफामा आएको निगमले जनाएको छ ।
पुनः अक्टोबर १६ अर्थात् असोज ३० मा आईओसीबाट मूल्य सूची प्राप्त हुँदा खासगरी डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमको भनाइ छ ।
सोअनुसार पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ, डिजेलमा प्रतिलिटर १५.६० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १०.२५ रुपैयाँ प्रतिलिटर बढेर आएको निगमले जनाएको छ ।
उक्त मूल्य बढेर आउँदा आयल निगमलाई डिजेलमा प्रतिलिटर ६.३४ रुपैयाँ, १८ करोड ५१ लाख र एलपी ग्यासमा ३२५.४४ प्रति सिलिण्डर (३७ करोड ६० लाख रुपैयाँ) घाटा भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रुपैयाँ नाफा हुने प्रक्षपण गरिएको छ ।
निगमले हाल अन्तराष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य वृद्धि हुँदा अमेरिकी डलरसँग नेपालको रूपैयाँको विनिमय दर कमजोर हुँदै गएकाले यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सहज राख्न र आईओसीलाई बक्यैता रकम तिर्न चुनैती थपेको निगमले जनाएको छ ।
निगमले यसअघि आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा मूल्य नघटाइ बढिरहेको मूल्यनै कायम राखेको थियो । निगमले आईओसी, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रुपैयाँ रकम तिर्न बाँकी छ ।
पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग ७ अर्ब र वाणिज्य बैंकसँग ३ अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण गर्दै आएको निगमले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया