डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको छ । नेपालमा सेरोटाइप–३ पहिलोपटक पुष्टि भएको हो । संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो । जसमध्ये डेंगुको सेरोटाइप १ र ३ देखिएको अस्पतालका माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईले बताए । उनका सेरोटाइप ३ पनि पुष्टि भएपछि थप अध्ययन अनुसन्धानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई जानकारी दिएको बताए । यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले संक्रमदर घट्दो क्रममा रहेको बताएका छन् । साउनयता देखिएको डेंगु संक्रमणबाट हालसम्म ४१ हजार सात सय ४३ प्रभावित भएका छन् भने ४९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । संक्रमण घट्दोक्रममा रहेकाले त्रसित नहुन, तर सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया