नेपालआफैंले सेयर गरेका थिए विवादित ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं’ भिडियो

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालललाई निर्वाचन आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
नेपाललले गत आइतबार रौतहट १ मा आयोजित चुनावी सभामा प्रलोभनमा पार्ने गरी नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा विदेश पठाइदिने आश्वासन दिएपछि आयोगले कारबाहीको निर्देशन दिएको थियो ।
निर्वाचनमा यसरी कसैलाई प्रलोभनमा पार्ने गरी भोट माग्न पाइदैन । तर नेपालले बिना ढेउवा (पैसा) भिसा र टिकट दिने भन्दै आश्वासन र प्रलोभन दिएपछि उनी विवादमा तानिएका हुन् । नेपालले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यस्तो विवादित भिडियो नै माधव नेपालको भेरिफाइड पेजबाटसमेत सेयर भएको थियो । शम्भु साह समर्थक प्रयोगकर्ताले सेयर गरेको भिडियो नेपालको आधिकारिक फेसबुक पेजबाट सेयर भएको देखिन्छ ।
निर्वाचन आयोगले माधव नेपाललाई कारबाही गर्न किन दियो निर्देशन ?
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया