एमाले अध्यक्ष ओलीले पनि बाँडे आश्वासन
काठमाडौं । मतदाता प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि निर्वाचन आयोगले कारबाही प्रक्रिया अगाडि बढाइरहेका बेला एमाले अध्यक्ष केपी ओलीले पनि त्यस्तै शैली अपनाउन थालेका छन् ।
एमाले अध्यक्ष ओली अहिले निर्वाचन अभियानका लागि गृह जिल्ला झापामा छन् । बिहीबार उनले दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । जहाँ उनले निर्वाचनपछि बृद्धभत्ता पाँच हजार पुर्याउने आश्वासन दिएका छन् ।
‘हामीले एक सयबाट सुरु गरेको बृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार रूपैयाँ पुर्याउँछ,’ उनले भने ।
सबै क्षेत्रमा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी पनि उनले गरे ।
सोही कार्यक्रममा ओलीले जसपा र राप्रपा जोगाउने दायित्व एमालेको भएको अनौठो अभिव्यक्तिसमेत दिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया