माओवादी केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठकस्थल राष्ट्रिय सभागृहलाई तोकिएको छ ।
बैठकको मूल एजेण्डा पदाधिकारी चयन गर्नु छ । गत पुस ११ देखि १८ गतेसम्म राजधानीमा चलेको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय समितिले अब बाँकी पदाधिकारी चयन गर्नेछ ।
माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उप–महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
बैठकमा देशको राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने कार्यसूची छ । अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि माओवादी केन्द्रमा तीव्र असन्तुष्टि छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया