सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग
सोमालिया । सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो । संयुक्त राष्ट्रसंघीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिएका हुन् ।
उपमहासचिव आदम र ती निकायहरुले शुक्रबार सो कुराको जानकारी दिए । उनले भनेका छन्, ‘सोमालियामा दिनप्रतिदिन मानवीय सहायताको खाँचो परिरहेको र यसका लागि विश्वका सहयाता एजेन्सीहरुले सहयोगको मात्रालाई थप बढाउनुपर्ने आवश्यकता छ । अन्यथा केही महिनामा नै यहाँको अवस्था निकै नै नाजुक हुनेछ ।
उनले यहाँ खाद्यान्नको अभाव भएको, जसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको, कतिपय स्थानमा त औषधिको आपूर्ति पनि आवश्यक मात्रामा गर्न नसकिएको पाइएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया