NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

कांग्रेसको घोषणापत्रमा के छ ? (घोषणापत्रसहित)

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रमबीच सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक घोषणापत्रमा अघिल्ला निर्वाचनकै पदचाप पछ्याउँदै महत्त्वकांक्षी योजना अघि सारिएको छ । विकासको बाचा गर्दै राजनीतिक स्थिरता र विधिको शासन कायममा भूमिका खेल्ने प्रतिबद्धता पनि जाहेर गरिएको छ ।

३ वर्षमुनि र ७३ वर्षमाथिकाको निःशुल्क उपचार गर्ने घोषणा कांग्रेसले गरेको छ । ५ वर्षभित्र सबै नागरिकको बीमा र यसमार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ । यसका निम्ति बीमाको दायरा वृद्धि गरेर १० लाख पुर्‍याउने उसको भनाइ छ ।

खानेपानीबारे कांग्रेस : हरेक घरमा धारो लैजाने, सहरको तिर्खा जलाशयको पानीले मेट्ने

कांग्रेसले प्रतिनिधिसभा विघटन नगर्ने प्रतिबद्धता पनि जनाएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरिदिएकोमा दुवै पटक सर्वोच्च अदालतले असंवैधानिक भन्दै पुनस्र्थापना गरिदिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई चाहिँ कांग्रेसले संविधान असफल बनाउने षड्यन्त्र भनेको छ ।

कांग्रेसले पाँच वर्षको समीक्षा पनि गरेको छ । ०७४ मा निर्वाचन सम्पन्न भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । ओली नेतृत्वको सरकार ०७८ असार २८ सम्म कायम थियो । कांग्रेसले यो अवधिलाई सर्वसत्तावादमा खेर गएको समय भनेको छ ।