सोमालियामा बम विष्फोट : मृत्यु हुनेको संख्या एक सय पुग्यो

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेका छन् ।
‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या सय पुगेको छ र तीन सय जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,’ उनल भने । यद्यपि प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन् ।
सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विष्फोट भएको थियो भने सोमालियाको शिक्षा मन्त्रालयलाई लक्षित गरी गोली चलाइएको थियो ।
शनिबार दिउँसोको विस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धूलोको मुस्लो हावामा उडेको देखिएको थियो ।
सन् २०१७ को अक्टोबर १४ मा विस्फोटक पदार्थले भरिएको ट्रकमा विस्फोट हुँदा ५१२ जनाको मृत्यु हुनुका साथै २९० भन्दा बढी घाइते भएका थिए ।
मोहमुदले उक्त घटनालाई ‘इतिहास’ को संज्ञा दिँदै भने, ’यो एउटै ठाउँ हो, र उनै निर्दोष व्यक्तिहरूलाई यसमा संलग्न गराइएको छ ।
‘यो ठीक होइन । ईश्वरको कृपाले उनीहरूसँग अर्को ठूलो घटना गर्न सक्ने क्षमता हुनेछैन,’ उनले इस्लामिक समूह अल–शबाबलाई सङ्केत गर्दै भने।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया