प्रतिनिधिसभाका यी ४१ निवर्तमान सांसद प्रतिस्पर्धामा छैनन्
काठमाडौं । प्रतिनिधिसभाका ४१ निवर्तमान सांसद यस पटक चुनावी मैदानबाट बाहिर छन् । कतिपय स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने केहीचाहिँ टिकट नपाएर ।
एमालेबाट अघिल्लो पटक सांसद बनेका १६ अनुहार यसपटक प्रतिनिधिसभामा देखिने छैनन् । माओवादीलो पनि १५ जना निवर्तमान सांसदलाई टिकट नदिएर नयाँलाई अघि सारेको छ ।
एमाले (१६) : पवित्रा निरौला, पार्वत गुरुङ, गणेश पहाडी, कृष्णप्रसाद दाहाल, जगतबहादुर सुनार, केदार सिग्देल, दलबहादुर राना, भूपेन्द्रबहादुर थापा, गोपालबहादुर बम, राजबहादुर बुढा, नवराज रावत, नन्दलाल रोका, भीम रावल, भैरवबहादुर सिंह, जयकुमार राई र दीपकप्रकाश भट्ट
माओवादी (१५) : राम कार्की, हेमकुमार राई, सुरेशचन्द्र दास, हरिबोल गजुरेल, श्यामकुमार श्रेष्ठ, हरिराज अधिकारी, सुरेशकुमार राई, टेकबहादुर बस्नेत, गंगाबहादुर तामाङ, अग्नि सापकोटा, कमला रोका, कृष्णबहादुर महरा, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत र रामेश्वर राय यादव
कांग्रेस (२) : डा. मीनेन्द्र रिजाल र मोहम्मद अफ्ताब आलम
एकीकृत समाजवादी (२) : भवानीप्रसाद खापुङ र हिराचन्द्र केसी
अन्य : डा. बाबुराम भट्टराई, रेशम चौधरी, चन्द्रकान्त चौधरी, डा. सूर्यनारायण यादव, विमलप्रसाद श्रीवास्तव र हरिनारायण रौनियार
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया