NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

पूर्वमन्त्री विरोध खतिवडालाई कसले हाने झापड ?

काठमाडौ । एकीकृत समाजवादीका नेता तथा गठबन्धनबाट मकवानपुर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका विरोध खतिवडामाथि हातपात भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडामाथि अन्दाजी ५० वर्षीय एक स्थानीय पुरुषोत्तम खड्काले हात हालेको स्थानीयले बताएका छन् ।

घरदैलो कार्यक्रममा गाडीबाट ओर्लनसाथ मंगलबार खतिवडालाई हातपात गरेका थिए ।  झापड हान्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।