ललितपुर–३ का उम्मेदवार तोसिमा कार्कीलाई घण्टी बजाउन निर्वाचन आयोगको रोक
काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेकी डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।
घण्टी बजाएर चुनावी प्रचारप्रसार गर्दा ध्वनी प्रदुषण भएको भन्दै आयोगले नबजाउन निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका क्रममा रास्वपाका उम्मेदवारहरुले आफ्नो दलको चिह्नसमेत रहेको घण्टी बजाउँदै हिड्ने गरेका छन् ।
मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले रास्वपाका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया