राजबिराजमा टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै

राजबिराज । सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ ।
राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले जानकारी दिए ।
निर्वाचन आचारसंहिता विपरीत राखेपछि स्थानीय प्रशासनले हटाउन थालिएको भन्दै भारतीय नम्बर प्लेटका गाडीमा उम्मेदवारले झण्डा लगाउन नपाउने प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ ।
नेपाली नम्बर प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार गर्ने पाउने व्यवस्था भएकाले भारतीय भाडाका गाडीमा झण्डा राखेको पाइएमा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया