राजबिराजमा टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै
राजबिराज । सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ ।
राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले जानकारी दिए ।
निर्वाचन आचारसंहिता विपरीत राखेपछि स्थानीय प्रशासनले हटाउन थालिएको भन्दै भारतीय नम्बर प्लेटका गाडीमा उम्मेदवारले झण्डा लगाउन नपाउने प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ ।
नेपाली नम्बर प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार गर्ने पाउने व्यवस्था भएकाले भारतीय भाडाका गाडीमा झण्डा राखेको पाइएमा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया