अपांगता भएका सबै नागरिकलाई सहायक सामग्री बाँड्दै महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै किसिमका अपांगता भएका स्थानीय नागरिकलाई सहायक सामग्री वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम अनुसार महानगरपालिकाले सबै किसिमका अपांगता भएका स्थानीय नागरिकलाई सहायक सामग्री वितरण गर्न लागेको हो ।
यसका लागि महानगरपालिकाले प्रक्रिया अघि बढाएको छ । यही प्रयोजनार्थ आइतबार मात्रै उसले अपांगता भएका सबै नागरिकलाई ३० दिनभित्र सम्पर्क गरेर निवेदन बुझाउन भनेको छ ।
निवदेन जिल्ला समन्वय समितिको भवन, बबरमहलको भुइँ तलामा बुझाउने व्यवस्था मिलाइएको छ । निवेदनको नमुना सामाजिक विकास विभाग वा काठमाडौं महानगरपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया