लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान
काठमाडाैं । लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाैँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ ।
एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले लेबनानमा हैजा देखिएको जनाएको थियो ।
त्यस यता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरु हजारौँ जना विरामी भएका छन् । लेबनानले सहयोगका लागि विश्व समुदायलाई नै आग्रह गरेको थियो । यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको गत हप्ता जनाएको थियो । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
केही हप्ता यतादेखि लेबनानमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो ।
यहाँ देखिएको हैजाबाट चार सय ९० जना विरामी अस्पतालमा राखिएको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको संक्रमण फैलिएको जनाएको छ ।
ताजा अपडेट
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग


प्रतिक्रिया