माधव नेपाललाई पार्टीमा फर्किन ओलीले दिए पहिलोपटक निम्ता
काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्।
नेपालाई कुनै हातलमा माफी नदिने कठोर अडान लिँदै आएका ओलीले पहिलोपटक गल्ती सच्याएर पार्टीमा फर्किन आग्रह गरेका हुन् ।
आइतबार कर्णालीको सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौं ।’
नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको आरोप लगाउँदै उनले नेपाललाई कुनै हालतमा क्षमा नदिने अडान लिँदै आएका थिए ।
ओलीले गठबन्धनका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए। अहिले देशी–विदेशी शक्तीहरू एमालेलाई हराउन लागेको भएपनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने उनले दाबी गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया