नबिल बैंक र सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी
काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब टाटाको नेपालमा उपलब्ध विभिन्न विद्युतीय कार किन्नका लागि नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।
कम्पनीका अनुसार उक्त सम्झौतामा टाटाको नेक्सन र टिगोर इभी खरिद गर्दा ग्राहकले ७ वर्षको अवधिका लागि नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् ।
टाटाको इभी गाडी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउने उक्त सम्झौतामा उल्लेख गरिएको छ।
यसैगरी उक्त गाडी किन्नका लागि बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने समेत बताएको छ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिने बैंकले जनाएको छ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया