तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश
काठमाडौं । ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवार कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीस ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको उम्मेदवारी कायम गर्ने आदेश दिएको हो ।
उनलाई लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य करार गर्दै उम्मेदवारी खारेज गरेको थियो । नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको भन्दै आयोगले सो निर्णय गरेको थियो । आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेकी कार्कीको मुद्दामा यसअघि उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको थियो ।
यस निर्णय खारेजीको माग गर्दै आयोगले सर्वोच्चमा निवेदन दिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले पुरानै निर्णयलाई निरन्तरता कायम गर्ने आदेश दिएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया