राहुल गान्धीको कार्यक्रममा कसरी बज्यो नेपालको राष्ट्रियगान ?
एजेन्सी । बिहीबार भारतको वासिममा कांग्रेस नेता राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको छ । राहुलले नेतृत्व गरिरहेको ‘भारत जोडो’ कार्यक्रममा नेपाली राष्ट्रिय गान बजेपछि उनी विपक्षी नेताको आलोचनाको घेराउमा परेका छन् ।
भारतीय जनता पार्टी(बिजेपी)का नेताहरू उक्त घटनालाई लिएर गान्धी र कांग्रेस पार्टीमाथि वैचारिक आक्रमणमा उत्रिएका छन् ।
बिजेपीका नेता नितेश रानाले कार्यक्रमको उक्त भिडियो ट्वीट गर्दै लेखेका छन्, ‘पापुका कमेडी सर्कस’ ।
त्यस्तै, तामिलनाडुका बिजेपी नेता अमर प्रसाद रेड्डीले पनि सोही भिडियो ट्वीट गर्दै लेखे, ‘राहुल गान्धी, यो के हो ?’
यतिबेला कार्यक्रमको उक्त भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने गान्धी पनि ट्रोलको शिकार भएका छन् ।
नेपालको राष्ट्रगान बज्नेवित्तिकै अकमक्क बनेका गान्धीले गीत बन्द गर्न इशारा गरेपछि भारतको राष्ट्रियगान बजेको थियो ।
कार्यक्रममा नेपालको राष्ट्रिय गान कसरी बज्यो भन्नेबारे भारतीय कांग्रेस र गान्धी स्वयंले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया