डा. बाबुराम भट्टराई आजमात्रै गोरखा जाँदै
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मतदानका लागि आजमात्रै गोरखा जाँदैछन् । उनी ९३ बर्षीय बुबा भोजप्रसाद भट्टराईका साथ विहान गोरखातिर लागेका हुन् ।
उनले ट्वीट गर्दै आफू र ९३ बर्षका बुवा मतदानका लागि गोरखा हिडेको बताएका छन् ।
साथमा उनले बुवासँगको फोटो र काठमाडौस्थित बबरमहलको फोटो हालेर आफु काठमाडौमा भएको र यात्रामा निस्केको लेखेका छन् ।
भट्टराई गोरखा क्षेत्र नं २ को पालुंगटार नगरपालिका वडा नं १ का मतदाता हुन् । सो निर्वाचन क्षेत्रबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया