नेमकिपाको गढमा एमालेको अग्रता

काठमाडौं । भक्तपुर १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ हो । त्यहाँ केही दशकदेखि यो दलको एकछत्र राज छ । त्यसैले यहाँ नेमकिपाको स्थान अन्य दलले लिने अनुमानसम्म गरिदैन ।
तर आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा नेमकिपाको जनाधार खस्किएको देखिएको छ । जारी मतगणनामा एमाले उम्मेदवारले नेमकिपाका उम्मेदवारलाई फराकिलो अन्तरमा पछि पारेका छन् ।
नेमकिपाले भक्तपुर १ मा प्रेम सुवाललाई उम्मेद्वार बनाएको थियो । ०७४ मा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर यस पटक सुवाललाई एमालेका नवराज गेलालले पछि पारेका छन् । भर्खरै प्राप्त ताजा नतिजामा गेलालले ६८१७ मत हासिल गर्दा सुवाल ५२५९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
भक्तपुर २ मा पनि मतगणना जारी छ । यहाँ भने कांग्रेस एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया