ललितपुर–३ मा तोसिमालाई २०५१ को अग्रता, एमाले–माओवादीको कति ?
काठमाडौं । ललितपुर क्षेत्र नं ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेकी छन्। सुरुवातमा एमाले उम्मेदवारसँग पछि परेकी तोसिमाले पछिल्लो परिणाममा आफ्नो अग्रता फराकिलो पारेकी हुन् ।
नेपालवाचलाई प्राप्त पछिल्लो मत परिणाममा कार्कीले ७ हजार ८६४ मत हासिल गरेकी छन् । उनलाई चुनौती दिइरहेका एमालेका अमृत खड्का कार्कीभन्दा २०५१ मतले पछाडि परेका छन् । उनले हालसम्म ५ हजार ८१३ मत बटुलेका छन् ।
ऊर्जा मन्त्रीसमेत रहेकी गठबन्धनकी उम्मेदवार पम्फा भुसाल निरन्तर पछाडि छन् । तेस्रो स्थानमा रहेकी उनले ३ हजार २६८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया