झाँक्रीलाई जिताउन नसकेपछि पार्टीका जिल्ला अध्यक्षले दिए राजीनामा
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदका लागि उम्मेदवार नेकपा एसकी रामकुमारी झाँक्री पराजित भएसँगै पार्टीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।
नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएपछि अध्यक्ष श्रीराम महतले राजीनामा दिएका हुन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै आफूले नैतिकताका आधारमा राजीनामा दिएको जानकार दिएका छन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँदछु,’ उनले लेखेका छन् ।
२८ हजार ४७६ मतसहित जनमत आफ्नो पक्षमा पारेका विष्ट उक्त क्षेत्रबाट यो चौथो जीत हो ।झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेर पराजित भएकी छिन् ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया