पर्सा २ बाट यादव दोस्रोपटक निर्वाचित
काठमाडौं । पर्सा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी(जसपा) का प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सांसद निर्वाचित भएका छन्। ०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट पहिलोपटक सांसद चुनिएका थिए ।
पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका उनलाई नेकपा एमालेले समर्थन गरेको थियो । २२ हजार ५३७ मतसहित उनले जीत आफ्नो पक्षमा पारेका हुन् ।
उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीले २० हजार ९१७ मत प्राप्त गरे ।
त्यस्तै, राप्रपाका किरणमान डंगोलले दुई हजार ६५१ मत प्राप्त गरे भने लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले एक हजार ११७ मत ल्याए ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया