गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट
काठमाडौं । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमतिदेवी चौधरीबीच कुटाकुट भएको छ । दुईबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको हो ।
आफूले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गर्दा उपाध्यक्ष चौधरीको आरोप छ ।
अध्यक्ष जैसवालको कुरा भने ठीकविपरीत छ । उनले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
कुटपिटले चोटपटक र डाम बसेको उपाध्यक्ष चौधरीको दाबी छ ।
तर अध्यक्ष जैसवालले भने सोमबार नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया