सिन्धुली–१ मा कांग्रेसका घिमिरे विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।
निर्वाचित घिमिरेले ३० हजार ३९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाएका छन् । २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र–१ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए ।
दुवै प्रतिस्पर्धी एकै गाउँपालिकावासी हुन। कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ को हुन् । विसं २०२२ भदौ २५ मा जन्मिएका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिको संयोजक पनि भएका थिए ।
विसं २०३६ देखि राजनीतिमा क्रियाशील घिमिरेले इतिहासमा स्नाकोत्तर गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया