कैलाली-२ (१) मा कांग्रेसका शाह निर्वाचित
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका कमलबहादुर शाह विजयी भएका छन् । उनले १० हजार चार सय ३३ मतका साथ विजयी प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले आठ हजार सात सय ७५ मत प्राप्त गरे । नेकपा (एमाले) का कमलाकुमारी ओलीले आठ हजार ८२ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले दुई हजार एक सय ३६ मत प्राप्त गरेका छन् । कुल ३१ हजार आठ सय २६ मत खसेको प्रदेशसभामा एक हजार सात सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया