मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका ४ घर भई ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगर रहेको प्रहरीले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले भुपेन्द्रलाई भक्तपुरको राधेराधेबाट चोरी भएको १ थान मोटरसाइकल काठमाडाैं महानगरपालिका ९ एयरर्पोटबाट पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनले थप ३ वटा मोटरसाइकल चोरी गरेको खुल्न आएको छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया