टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि लिमिटेडले टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई ८० प्रतिशतसम्मको सवारी साधन ऋण दिने सम्बन्धमा हालै एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ । हाल, टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी, नेपालका उत्कृष्ट इलेक्ट्रिक गाडीहरू प्रदान गर्दछ ।
सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन् । सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम ऋण प्रवाह गरिनेछ ।
Tata EV छनोट गर्ने ग्राहकहरूले अब टाटा मोटर्सबाट कुनै पनि विद्युतीय सवारीसाधन खरिद गर्नका लागि थप सहज र द्रुत प्रक्रिया समय पाउनेछन् ।
एभरेष्ट बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया