बलुचिस्तानमा दश आतंककारी मारिए
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश आतंककारी मारिएका छन् । प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मंगलबार ती आतंककारी मारिएका राष्ट्रिय सेनाले जनाएको छ ।
होसब क्षेत्रका विभिन्न स्थानमा आतंककारी रहेका सूचना पाएपछि सैनिक कारबाही थालिएको तथा त्यस क्रममा दोहोरो भिडन्त भएको जनाउँदै सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआ) ले बताएको छ ।
एक जनालाई जीवितै पक्राउ गरिएको तथा दुई जना भागेका बताउँदै आइएसपीआरले उनीहरूको खोजी जारी रहेको जनाएको छ । आतंककारी लुकेका स्थानबाट सुरक्षा फौजले ठूलो मात्रामा हातहतियार र गोलाबारुद बरामद गरेको छ ।
आइएसपीआरका अनुसार मारिएका आतंककारीले सुरक्षा बलका सदस्यका साथै सर्वसाधारणलाई समेत निशाना बनाएर आक्रमण गर्दै आएका, विद्युतीय धराप थाप्ने तथा दूर नियन्त्रित विस्फोटक उपकरण पड्काएर निहत्था जनताको ज्यान लिनेलगायत आतंककारी गतिविधि सञ्चालन गर्दै आएका थिए ।
पाकिस्तानी सेनाले बलुचिस्तानको शान्ति, स्थायित्व र विकासमा अवरोध सृजना गर्ने प्रयासलाई विफल पार्न सुरक्षा बल प्रतिबद्ध रहेको बताएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया