कुटपिट गरि हत्या गरेको आरोपमा ६ जना पक्राउ
धनुषा । जमिनको विषयमा विवाद हुँदा धनुषामा १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
बिहिवार राती जग्गाको विषयलाई लिएर विवाद हुँदा मिथिला बिहारी नगरपालिका ४ का ५३ वर्षीय प्रभु यादबको ज्यान गएकाे हाे । यादवलाई सोहि ठाउँका ४२ वर्षीय सुरज यादव सहितको १० जनाको समुहले कुटपिट गरेको थियो ।
कुटपिटका कारण गम्भिर घाइते भएका प्रभुको उपचारका क्रममा ज्यान गएको हाे । कुटपिटबाट गम्भिर घाइते भएका प्रभुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।
कुटपिट गरि हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । साथै कुटपिटबाट प्रभुको श्रीमती सहित थप ६ जना घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया