महासंघको सदस्यता अद्यावधिक गर्न १८ वटा संघलाई ३५ दिने सूचना
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता अद्यावधिक गर्न १८ संघलाई ३५ दिने सूचना जारी गरेको छ ।
महासंघको विनियम २०५० (संशोधनसमेत) को दफा १० को उपदफा १ खण्ड (ग) र खण्ड (च) मा रहेको व्यवस्थाअनुसार लामो समयदेखि वार्शिक सेवाशुल्क बुझाउन बाँकी रहेका र वार्षिक प्रतिवेदन नबुझाएका संस्थाहरूले ३५ दिनभित्र बुझाउन भनिएको छ । सदस्यता अद्यावधिक नगरे सदस्यता खारेज गरिने महासंघले जनाएको छ ।

ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया