लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
काठमाडाैं । संयुक्त राष्ट्रसंघले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या निकै बढ्दै गएको र यहाँ उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले सो आग्रह गरेका हुन् ।
ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान आएका थिए । सो भ्रमण सकेर शनिबार फर्किने क्रममा उनले लेबनानमा दशौँ हजार जना शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरुको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको बताएका हुन् ।
उनले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरु रहेकाले उनीहरुलाई आवश्यक मात्रामा र दिगो सहयोग पु-याउनुपर्ने बताएको लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन् । एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया