साइबरक्राइम मुद्यामा पक्राउ परेका पत्रकार राइकाे रिहाइको माग
उदयपुर । साइबरक्राइम मुद्यामा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राइलाई बिना शर्त रिहाइको माग गरिएको छ ।
पत्रकार राइलाई ३ दिन भित्र रिहाइ नगरे आन्दोलनमा उत्रने चेतावनी पनि पत्रकार महासंघ उदयपुर शाखाले दिएको छ ।
नेपाल पत्रकार महासंघ, उदयपुर शाखाले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम माफर्त सरकारलाई ध्यानकर्षण पत्र पठाउँदै उक्त माग गरेको हो ।
उदयपुर, खोटाङ र भोजपुर लगाएतका जिल्लाबाट आज संयुक्त रुपमा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र पठाइएको छ ।
पत्रकार राइलाई मंसिर १० गते निर्वाचनको मतगणनाको रिपोटिङ्ग गर्दै गर्दा उदयपुर सदरमुकाम गाइघाट बजारबाट पक्राउ गरिएको थियाे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया