भारतमा सिलिन्डर विस्फोट, पाँचको मृत्यु, ५० घाइते
भारत । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।
मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् । घाइतेहरु सबै जलेका र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।
अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।
विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको अधिकारीले जानकारी । विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।
भारतमा आकस्मिक विस्फोटहरू सामान्य छन् किनभने मानिसहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन्
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार गरेको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया