सनराइज बैंकले लाभांश वितरण नगर्ने
काठमाडाैं । सनराइज बैंक लिमिटेडले यसपटक लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश र बोनस शेयर नबाड्ने निर्णय गरेको हो ।
त्यस्तै आव २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा हुनेछ : प्रधानमन्त्री दाहाल
-
ओलीले भने, ‘जनताले एमालेको एकलौटी सरकार खोजेका छन्’
-
दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
-
विद्यार्थीलाई रारा घुमाउन लैजाँदै गरेको जिप मुगुमा दुर्घटना, १२ जना घाइते
-
पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने
प्रतिक्रिया