झिनो अंकले घट्यो नेप्से, नबिल बैंकको सर्वाधिक कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले घटेर १८९९.७० मा झरेको छ ।
आज दुई सय ४८ वटा कम्पनीको १६ हजार ३२० पटक कारोबारमा २० लाख ५८ हजार ५१० को सेयर खरिदबिक्री हुँदा कुल ७७ करोड ७० लाख ८९ हजार १६५ रूपैयाँको कारोबार भएको छ ।
आज चार उसमूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् ।
आजको कारोबारमा सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक ७ करोड १७ लाख ५६ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकम ६ करोड ३ लाख ७१ हजार, सुमिट लघुवित्त ४ करोड ६९ लाख, नेपाल बैंक लिमिटेड ३ करोड ५१ लाख ५० हजार र अप्पर तामाकोशी २ करोड ९९ लाख ६५ हजार रूपैयाँको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।
आज सिवाइसी नेपालको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् । साञ्जेन जलविद्युत ७.७३, नबिल ब्यालेन्स फण्ड२ ६.२३, अप्पर तामाकोशी हाइड्रोपावर ५.११ प्रतिशतले गुमाएका छन् ।
त्यस्तै तेह्रथुम पावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी सिंग्दी हाइड्रोपावर ३.२१, अरूण काबेली पावरले २.२८ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया