अनलाइन भुक्तानीमार्फत बाजी खेल्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी
काठमाडाैं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट जुवा तथा बाजीजन्य गैरकानुन कार्य गर्नेहरुलाई कारबाही गर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्ता प्रकृतिका कारोबारमा सहभागी हुने व्यक्ति, समूह, संस्थालाई कानुनमार्फत कारबाही गर्ने तथा बैंक निजको खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारसमेत रोक्का राख्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।
साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिन व्यवस्था मिलाउनु पर्ने सूचनामार्फत जानकारी गराएको छ।

ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया