काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमको चुनावी खर्च कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा काठमाडौं–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएकी छिन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा उनले चुनाव खर्च ३ लाख ७१ हजार रुपैयाँ भएको उल्लेख गरीकी हुन् ।
निर्वाचनको दौरानमा तीन लाख हाराहारीमा खर्च भएको हुनसक्ने यसअघि उनले दाबी गर्दै आएकी थिइन् । कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ ।
यसैगरी गाडि रिजर्ब गर्दा ७८ हजार, पेट्रोल/डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै कार्यालय स्थापना, मतदाता नामावली खरिद, कार्यालय भाडा, कर्मचारी, फ्लेक्स प्रचार सामाग्रीलगायतमा एक लाख तीन हजार खर्च भएको विवरणमा उल्लेख छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया