अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक
एजेन्सी । विश्व स्वास्थ्य संगठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ । त्यहाँ सुरु भएको एक अन्तर्राष्टिय सम्मेलनका क्रममा आफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक मात्सिदिसो मोइतीले सो कुरा बताएका हुन् ।
उनले भने,‘अफ्रिकाका देशहरुमा स्वास्थ्य क्षेत्रका पूर्वाधारका साथै अन्य आवश्यकताका विषयहरुको पूर्ति गर्न नसकिएकाले यहाँ यस क्षेत्रमा थप लगानीको आवश्यकता छ । ’ रुवाण्डाको राजधानी किगालीमा आयोजना भएको जनस्वास्थ्यको अवस्था र यसको आवश्यकता सम्बन्धी एक अन्तर्राष्टिय सम्मेलनको उद्घाटनका क्रममा सो कुरामा जोड दिइएको हो ।
केही वर्षअघि इबोलाका साथै पछिल्ला दिनहरुमा कोभिड _१९ को प्रकोपका कारण यहाँ स्वास्थ्यका क्षेत्रमा थप लगानी गर्न आवश्यक भएको क्षेत्रीय निर्देशक मोइतीले बताए।
डिसेम्बर १३ देखि सुरु भएको सम्मेलनमा विषेशगरी अफ्रिकामा पछिल्लो समयमा जारी रहेको स्वास्थ्यको अवस्थाका बारेमा आवश्यक छलफल गरी आगामी दिनमा यसको निकासका लागि के गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले छलफल गर्नुहुने पनि बताइएको छ ।
अफ्रिकी देशहरुको स्वास्थ्य क्षेत्रको लगानी कम रहेको तथा त्यहाँ स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरुको पनि कमी रहेकाले यसमा लगानीको आवश्यक भएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया