क्याबिन क्रु आन्दोलनले आन्तरिक उडान प्रभावित
काठमाडाैं । नेपाल वायु सेवा निगमका एयर होस्टेसहरु आन्दोलनमा उत्रिएपछि निगमका उडानहरु प्रभावित भएका छन् ।
आजका लागि निर्धारण गरिएका ५ उडान प्रभावित बनेको छ । निगमले आज काठमाडौंबाट भोजपुर, फाप्लु र दाङका एक एक उडान प्रभावित भएको छ भने ताप्लेजुङको दुई उडान प्रभावित भएको छ । अपरान्हसम्ममा भइसक्नु पर्ने यी उडानहरु अहिलेसम्म पनि हुन सकेको छैन ।
निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन । जसका कारण निगमको आन्तरिक तथा वाह्य दुवै तर्फका यात्रुहरु समयमा उडान हुन नसक्दा अलपत्र परेका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया