नेकपा (एस) को संसदीय दलको नेतामा नेपाल, उपनेतामा पाण्डे चयन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दलको नेतामा माधमकुमार नेपाल चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको संसदीय दलको बैठकले नेता चयन गरेको हो । यसैगरी संसद दलको उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् ।
मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत समाजवादीले १० सिट जितेको थियो । त्यस्तै बैठकले प्रमुख सचेतकमा प्रकाश ज्वाला चयन भएकाे प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नवनिर्वाचित सांसद्हरूलाई बधाइ दिएका थिए । त्यस्तै बैठकले वर्तमान गठबन्धनको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेकत्र छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया