दोहोरो अंकले बढ्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन बढेको नेप्से तेस्रो कारोबार दिन पनि बढेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा उक्लिएको छ ।
नेप्से बढेसँगै कारोबार रकममा थोरै सुधार देखिएको छ । आज दुई सय ५७ वटा कम्पनीको २३ हजार ३४४ पटक कारोबारमा ३० लाख २२ हजार ५२ रूपैयाँको को सेयर खरिदबिक्री हुँदा ९३ करोड ८ लाख ३९ हजार रूपैयाँको कारोबार भएको छ ।
आज सबै उपसमूहको उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन, वित्त २.४० प्रतिशतले बढेको छ । दोस्रोमा अन्यको २.३१ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ ०.५४, विकास बैंक ०.२५, लगानी ०.१९, जीवन बीमा ०.९३, उत्पादन ०.४५, सामूहिक लगानीकोष ०.०३, नीर्जीवन बीमा ०.३८ र व्यापार ०.८७ प्रतिशतले बढेका छन् ।
आजको कारोबारमा सबैभन्दा धेरै नेपाल टेलिकमको ६ करोड ३८ लाख ३७ हजार रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै सिभिल बैंक ४ करोड ३ लाख ७० हजार, हिमालयन डिष्टिलरी ३ करोड ८२ लाख ५९ हजार, नबिल बैंक ३ करोड ३६ लाख ९२ हजार र फर्वार्ड माइक्रोफाइनान्स २ करोड ८२ लाख १९ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।
आज आँधिखोला लघुवित्त र सिर्जनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । ती दुबै लघुवित्तका कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । धैलागिरी लघुवित्त ९.९९, सिवाइसी नेपाल ७.६२ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ४.७१ प्रतिशतले कमाएका छन् ।
सनराइज ब्लुचिपको सबैभन्दा धेरै ४.६७, गरिमा डिवेन्चर ३.९४, फर्वाड माइक्रोफाइनान्स २.५१, लिवर्टी इनर्जी २.३९ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले २.२७ प्रतिशतका दरले गुमाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया